हिमालयन बैंकको शेयर फुकुवा, कारोबारमा आएसँगै नेगेटिभ सर्किट

२३ जेष्ठ २०७९, सोमबार ११:३८

काठमाडौं । हिमालयन बैंक लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । नेप्सेले सो कम्पनीको शेयर आजदेखि फुकुवा गरिदिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने भनेसँगै हिमालयन बैंकको शेयर एक वर्ष भन्दा बढी समयदेखि रोक्का रहेको थियो ।

नेप्सेले आज सूचना प्रकाशित गर्दै सूचीकृत कम्पनी ऐन २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको धितोपत्र काराबोर जेठ २३ गतेदेखि फुकुवा गरिदिएको हो ।

कम्पनीको शेयर कारोबारमा आएसँगै नकारात्मक सर्किट लागेको छ । सोमबार शेयर बजार खुलेको कहिर आधा घण्टामा नै कम्पनीको शेयर ९.९९ प्रतिशतले घटेर शेयरमूल्य ३५८ रुपैयाँ ९० पैसामा कायम भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*