किसान लघुवित्तका सिइओ इन्द्र कुमार शाहद्धारा राजिनामा, निमित्त सिइओको जिम्मेवारी देबेन्द्र शाहलाई
२३ जेष्ठ २०७९, सोमबार १०:२३
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्र कुमार शाहले राजिनामा दिएका छन् ।
सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको जेठ २१ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गरेको हो ।
साथै सोही बैठकले नायम प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर शाहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।