झापामा रमाउँदै नेशनल लाइफका एमडिआरटी बिजेताहरु, तालिम र सम्मानपछि घुमफिर

२३ जेष्ठ २०७९, सोमबार ०९:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु यतिबेला झापामा भेला भएका छन् । कम्पनीले आयोजना गरेको एमडिआरटी बिजेतालाई तालिम तथा सम्म्मान कार्यक्रममा सहभागी हुन तथा इलामको कन्याम घुमफिर गर्न झापा पुगेका हुन् ।

देशकै उत्कृष्ट बोनसदर भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशैभरिबाट एमडिआरटी, सिओटी र टिओटी बिजेताहरुलाई बिर्तामोडमा भेला पारेर तालिम तथा सम्मानित गरेको हो । कम्पनीले भारतका प्रख्यात प्रशिक्षक प्रभु देशाईमार्फत तालिम प्रदान गरेको छ । देशाईको तालिमले बीमा अभिकर्ताहरुमा क्षमता बृद्धि भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, सल्लाहकार भरत बहादुर बस्नेत तथा उच्च पदस्थ कर्मचारीहरु सहभागी भएको तालिमपछि देशैभरिका बीमा अभिकर्ताहरुमा हौसला बढेको कार्यक्षमता बृद्धि भएको तालिमका सहभागीहरुले जनाएका छन् । बिर्तामोडको किङ्सवेरी होटलमा आयोजित कार्यक्रममा १७० जना भन्दा बढि एमडिआरटी बिजेताहरु सहभागी थिए ।

उता, कम्पनीले कन्याम घुम्ने स्कीम बिजेताहरुलाई आजदेखि झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा बसेर तीन दिनसम्म अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ । बीमा अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि बमिा कम्पनीहरुले समय समयमा रिफ्रेसमेन्ट तालिम तथा प्रशिक्षण गर्दै आइरहेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*