नेशनल लाइफ इन्स्योरेन्सद्धारा एमडिआरटी बिजेता अभिकर्तालाई सम्मान

२२ जेष्ठ २०७९, आईतवार १५:१२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

कम्पनीले विर्तामोड झापाको होटल किंग्सबरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन् ।

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई एमडिआरटी।सिओटी।टिओटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।

अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडिआरटीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ४ जना सिओटीसहित १५७ जना अभिकर्ताहरु एमडिआरटीका लागि योग्य भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*