प्राइम कमर्सियल बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

२२ जेष्ठ २०७९, आईतवार ११:४८

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले ५ वर्ष पुरानो नगद लाभांश हालसम्म पनि शेयरधनीले लिन नआएको भन्दै उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । सम्बन्धित शेयरधनीले असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र लिन नआएको खण्डमा उक्त लाभांश प्रचलित नियमअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*