नेको इन्स्योरेन्समा रोजगारीको अवसर, यसरी दिनुस आवेदन
२२ जेष्ठ २०७९, आईतवार ११:४०
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।
इन्स्योरेन्सले न्युरोड ब्रान्चको लागि शाखा प्रमुख एक जना र सुपरभाइजर।असिस्टेन्टमा १० जना कर्मचारी माग गरेको छ । ब्रान्च म्यानेजरको लागि स्नाकोत्तर तह उत्तीर्ण र असिस्टेन्ट लेभलको लागि प्लस टु उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले एक महिनाभित्र सिभि सहित सम्पूर्ण आवश्यक कागजात कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
।