स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि कम्पनीलाई दिन खोजिएको होइनः अर्थमन्त्री शर्मा

२० जेष्ठ २०७९, शुक्रबार १५:२४

काठमाडौं । सरकारले बजेटमा ल्याएको स्वास्थ्य बीमा बोर्डबाट हुँदै आएको स्वास्थ्य बीमा सेवालाई निजि कम्पनीमार्फत गर्न लागिएको कुरा नभई हाल स्वास्थ्य बीमा बोर्डमार्फत नै हुने प्रष्ट पारेका छन् ।

संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले स्वास्थ्य बीमालाई निजि कम्पनीहरुलाई सुम्पन लागेको नभई सो सम्बन्धमा अध्ययन मात्रै गर्न खोजिएको बताए । मन्त्री शर्माले स्वास्थ्य बीमा सम्बन्धी सरकारी कम्पनीले अध्ययन गरेर केही गर्न सकिन्छ कि भनेर हेर्न मात्रै खोजिएको बताए । मन्त्री शर्माले स्वास्थ्य बीमाको लागि बजेट समेत छुट्याइएकोले स्वास्थ्य बोर्डबाट खोस्न नखोजिएको बताए ।

यद्यपि अर्थमन्त्री शर्माले बजेट भाषणमा स्वास्थ्य बीमा निजि बीमा कम्पनीमार्फत समेत गरिने घोषणा गरेका थिए । संसदमा आफ्नै पार्टीबाट समेत चर्को आलोचना संसदमै भएपछि यस्तो बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*