हकप्रद जारी र पुँजीबृद्धि सम्बन्धि विशेष प्रस्तावसहित रिलायबल लाइफको कहिले बस्दैछ साधारण सभा ?

२० जेष्ठ २०७९, शुक्रबार १२:४२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा यहि २५ गते बुधबार चौथो वार्षिक साधारण सभा बस्दैछ ।

कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले सभा जेठ २५ गते बुधबार, लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले बीमा समितिले आगामी चैतसम्म सबै बीमा कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएबमोजिम पुँजी बृद्धि गर्ने सम्बन्धमा र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७६।०७७ मा संस्थागत साामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गर्नेछ ।

यसबाहेक चौथो वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७७ असार मसान्तको वासलात तथा आव २०७६।०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका अनुसूचीहरु अनुसारको वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७।०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन, सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येबाट कर्मचारीको हकमा जारी गर्ने शेयर सम्बन्धमा र संस्थापक शेयरधनी तर्फबाट ४ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*