हिमालयन रि इन्स्योरेन्स कम्पनी जोखिमपूर्ण अवस्थामा, खर्बभन्दा बढि जोखिम लिएर रेट्रो गरेन

२० जेष्ठ २०७९, शुक्रबार १२:१८

काठमाडौं । बीमाको कोर प्रिन्सिपल नै जोखिम विविधिकरण हो । बीमा होस् वा पुनर्बीमा सबै कम्पनीहरुले जोखिम विविधिकरण गरेर अन्यत्र बाँडफाँड गरेको हुनै पर्दछ । त्यसैले त बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरु स्थापना भएका हुन्छन् ।

तर, बीमाको यही कोर प्रिन्सिपल विरुद्ध गत वर्ष दर्ता भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कारोबार गरिरहेको पाइएको छ । कम्पनीले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले कूल बीमा शुल्कको ९०.३ प्रतिशत जोखिम आफैले धारण गरेको छ । जस अनुसार कम्पनीले ४७ करोड ४९ लाख भन्दा बढि प्रिमियम नेपालबी बीमा कम्पनीहरुबाट उठाएर जोखिमपूर्ण तरिकाले आफैसँग राखेको पाइएको छ । कम्पनीले संकलन गरेको कूल ५२ करोड बीमा शुल्क मध्ये ९.६३ प्रतिशत मात्रै अन्यत्र रेट्रोसेसन गरेको छ भने बाँकी आफैसँग राखेको पाइएको छ ।

सो आधारमा कम्पनीले अर्बौ रुपैयाँको जोखिम आफैले धारण गरेको देखिएको छ । जम्मा सात अर्ब चुक्ता पुँजि भएको हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफ्नो क्षमताभन्दा कैयौं गुणा बढि जोखिम धारणा गरेपछि संकटमा पुगेको देखिएको हो । सामान्यता, चुक्ता पुँजिको १० गुणाभन्दा बढि जोखिम धारणा गर्न नपाउने नियम छ । तर, हिमलायन रि इन्स्योरेन्सक कम्पनीले खर्बभन्दा माथि जोखिम धारण गरेको वित्तिय विवरणले देखाएको छ ।

 

कुनै पनि बीमा कम्पनीले सम्पूर्ण जोखिम आफूले धारण गर्न पाइदैन र गर्नु पनि हुँदैन । तर, नेपाली बीमा कम्पनीहरुबाट पुनर्बीमाको व्यवसाय पाउन नसकेको हिमालयन रिले जति व्यवसाय लिएको छ, त्यसको रेट्रोसेशन नगरी आफूले राखेको सो कम्पनीले प्रकाशित गरेको वित्तिय विवरणले पुष्टी गरेको छ । मुनाफा कमाउन संकलन गरेको सबै बीमा शुल्क आफैसँग राखी रेट्रो नगर्दा हिमालयन रि इन्स्योरेन्स कम्पनी जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ ।

विवाद नै विवादका बीचमा लाईसेन्स लिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा तामेलीमा जान बाँकी रहेकोले हिमालयन रि इन्स्योरेन्स कम्पनीको लाईसेन्स समेत के हुन्छ भनेर अझै अन्यौल छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*