लुम्बिनी विकास बैंकको संस्थापक समुहको २८ हजार कित्ता शेयर बिक्रीमा
२० जेष्ठ २०७९, शुक्रबार १२:०२
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका संस्थापक शेयरधनी निरेन्द्र मोहन भट्टराईले आफ्नो नाममा रहेको २८ हजार ६२६ कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा उक्त शेयर बिक्रीका लागि कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
प्रचलित नियमअनुसार उक्त शेयर पहिलो चरणमा संस्थापक शेयरधनीलाई नै बिक्री गर्नुपर्ने भएकोले खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित निवेदन पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवभित्रि शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।