नयाँ अध्यक्षको आगमनसँगै सामलिङ पावर कम्पनीका सिइओ भानुभक्त पोखरेलले दिए राजिनामा

२० जेष्ठ २०७९, शुक्रबार ११:१३

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भानुभक्त पोखरेलले राजिनामा दिएका छन् । उनले पेश गरेको राजिनामा कम्पनीको जेठ १६ गते बसेको संचालक समितिको बैठकले आजकै मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।

साथै नयाँ गठित संचालक समितिले मोहन दाश मानन्धरलाई कम्पनीको नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको छ । कम्पनीमा नयाँ अध्यक्षको आगमनसँगै सिइओ पोखरेलले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।  यसबाहेक सि.ए सन्देश भट्टराईलाई कम्पनीको महाप्रबन्धकमा नियुक्त समेत गरेको छ ।

कम्पनीले संचालक समितिको संख्या घटाई ११ सदस्यीय संचालक समितिबाट ७ जना नयाँ संचालक समिति गठन गरेको छ । संचालकमा संस्थापक समुहतर्फबाट ४ जना मोहन दाश मानन्धर, शम्भु प्रसाद फयल, श्याम मिलन श्रेष्ठ र गोपाल मानन्धर रहेका छन् ।

त्यस्तै, सर्वसाधारण समूहतर्फबाट विनय कुमार तोदी र दुर्गा देवि अधिकारी रहेका छन् भने स्वतन्त्र संचालकमा राजु शाक्य रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*