जीवन बीमा कम्पनीहरुलाई माल्दिभ्स किन लगिएन ?

२० जेष्ठ २०७९, शुक्रबार ०७:५६

काठमाडौं । यतिबेला पाँच दिने तालिम तथा भ्रमणको क्रममा निर्जिवन बीमा कम्पनीका सबै प्रमुख कार्यकारी अधिकृतहरु, बीमा समितिका उच्च नेतृत्व नेपाल पुनर्बीमा कम्पनीको संयोजन र जेबी बोडाको आयोजनामा माल्दिभ्सको राजधानी मालेमा छन् ।

भारतस्थित प्रख्यात पुनर्बीमा एजेन्ट जेबी बोडाले आयोजना गरेको सो कार्यक्रममा निर्जिवन बीमा कम्पनीहरुलाई मात्रै समावेश गरिएपछि नेपालका जीवन बीमा कम्पनीहरुमा असन्तुष्ट फैलिएको छ । माल्दिभ्स भ्रमणको सम्पूर्ण खर्च पुनर्बीमा एजेन्ट जेबी बोडाले व्यहार्नेछ ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार जेबी बोडाले निर्जिवन बीमा कम्पनीहरुलाई मात्रै लैजान सकिने गरी प्रस्ताव गरिएकोले उनीहरुलाई लगिएको हो । आगामी दिनमा जीवन बीमा कम्पनीहरुलाई पनि नछुटाउने प्रतिबद्धता नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ । साथै जीवन बीमा कम्पनीहरुलाई पनि छुट्टै तालिमको व्यवस्था गरिने सम्बन्धमा छलफलमा भइरहेको नेपाल पुनर्बीमा कम्पनीले जनाएको छ ।

उता, काठमाडौंस्थित जीवन बीमा कम्पनीका एक जना सिईओले भने जीवन बीमा कम्पनीको व्यवसाय भोल्युम सानो हुने हुँदा छुट्टाइएको गुनासो गरेका छन् ।

२० निर्जिवन बीमा कम्पनी, पुनर्बीमा, बीमा समितिसहित ३२ जना भन्दा बढि भ्रमणमा सहभागी छन् । बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशिलदेव सुवेदीसहितको टोलीले माल्दिभ्सको वित्तिय नियामक निकायसँग भेटवार्ता गरी नेपालको बीमा व्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*