आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, एलपी ग्याँसको भने यथावत्

१९ जेष्ठ २०७९, बिहीबार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषदको जेठ १० गतेको निर्णयअनुसार पेट्रोलियम पदार्थको सीमावर्ती मूल्य अन्तर समेतको आधारमा मन्त्रालयले करका दररेट समायोजन गर्ने निर्णय गरेसँगै निगमले सबै खालको पेट्रोलियम पदार्थमा १० रुपैयाँ घटाएको हो ।

साथै निगमले सो अनुसार पेट्रोलियम पदार्थको मूल्यमा पूर्वाधार कर बराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजन गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलेका मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम गरेको छ । साथै हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत नै राखेको निगमले जनाएको छ ।

भारतबाट तेलको मूल्य बढेर आएपनि सरकारले पूर्वाधार कर समायोजन गरेको कारण निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई जुन १ मा नयाँ मूल्य सूची पठाएको थियो । जसमा पेट्रोलको मूल्य प्रतिलिटर २२ रुपैयाँ २३ पैसा, डिजेल र मट्टितेलको मूल्य १९ रुपैयाँ ७३ पैसा र एलपी ग्याँस ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको थियो ।

पूर्वाधार कर समायोजन भएपनि नेपाल आयल निगमको १५ दिनको अनुमानित घाटा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

 

CamScanner 06-02-2022 20.36

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*