सात वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन, कुन प्रदेशले कति पाए ?

१९ जेष्ठ २०७९, बिहीबार १९:०७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।सात वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा बढी बागमती प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशलाई बजेट विनियोजन गरिएको छ ।सरकारले विनियोजन गरेको बजेटमा बागमती प्रदेशलाई २० अर्ब ३२ करोड ६६ करोड रुपैयाँ रहेको छ ।

यस्तै मधेश प्रदेशलाई १९ अर्ब १९ करोड ९ लाख, प्रदेश १ लाई १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशलाई १८ अर्ब ४७ करोड ६४ लाख, कर्णाली प्रदेशलाई १८ अर्ब ३० करोड ३१ लाख, सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ र सबैभन्दा कम गण्डकी प्रदेशलाई १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*