प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पायो

१९ जेष्ठ २०७९, बिहीबार १७:२७

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्राइम कमर्सियल बैंकले ऋणपत्र जारी गर्न अनुमति पाएको छ । बोर्डले बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । जसमध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी ३० लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

प्राइमले ५ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०.१५% ब्याजदर दिने बैंकले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*