आजसम्म कायम शेयरधनीले मात्र किसान लघुवित्तको २०% लाभांश पाउने
१९ जेष्ठ २०७९, बिहीबार १२:३३
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने भएकाले आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने जानकारी दिएको छ ।