एनआइसी एशिया बैंकद्धारा घातक रोगको बीमा वापत १० लाख रुपैयाँ भुक्तानी
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले घातक रोगको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाताअन्तर्गत कपिलबस्तु स्थित तौलिहवा शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोग बीमा वापतको १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
बैंकको उक्त शाखाले नेको इन्स्योरेन्ससँगको सहकार्यमा निजको पति भगौती प्रसाद राइदासलाई बीमा दाबी भुक्तानी गरेको हो ।
खातावाला गुजराती राइदासको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको १० लाख रुपैयाँ बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उनको परिवारलाई हस्तान्तरण गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरुले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी जम्मा ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।
बैंकले उच्च ब्याजदरका साथै पाँच वर्षसम्म निःशुलक ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरुको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धि फाइदाहरु, ३ कर्जा सम्बन्धी फाइदाहरु र १८ अतुलनीय फाइदाहरु गरी कुल २४ फाइदाहरु भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकहरुसमक्ष ल्याएको छ ।