झुत्रो टायर राखेर जहाज उडाउँदै बुद्ध एयर, यात्रुहरुको जोखिम झनै बढ्यो

१९ जेष्ठ २०७९, बिहीबार ०७:१०

काठमाडौं । निजि हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले यति लापरवाही गर्न थालेको छ कि झुत्रो टायर प्रयोग गरेको कारण उड्दाउड्दै टायरको रबरहरु झर्न थालेका छन् ।

गत बुधबार काठमाडौंबाट भद्रपुरका लागि विहान १०ः४३ बजे उडेको जहाज विराटनगरमाथिको आकाशमा पुगिसकेको थियो । यता, काठमाडौं विमानस्थलमा भने धावनमार्गमा टायरको टुक्रा धावनमार्गमा फेला पर्यो । धावनमार्गमा भेटिएको टायरको टुक्रा कुन जहाजको हो ? भन्ने पत्ता लगाउन केही समय लाग्यो । बुझ्दै जाँदा उक्त टायरको टुक्रा भद्रपुर उडेको बुद्ध एयरको रहेको फेला पर्यो । लगत्तै विराटनगरमाथिको आकाशमा पुगिसकेको उक्त जहाजलार्ई काठमाडौं बोलाइयो ।

टायरको टुक्रा नै झरेको विमान अवतरणको क्रममा आउनसक्ने जोखिमलाई ध्यानमा राख्दै आपतकालिन अवस्था घोषणा गरेर उक्त जहाजलाई सकुशल अवतरण गराइएको थियो । अवतरणपछि चेकजाँचको क्रममा बुद्ध एयरले झुत्रो भएकोले उड्दा उड्दै टायरको टुक्रा नै विमानस्थलमा झरेको देखिएको हो ।

पछिल्लो समय बृद्धि एयरको गुणस्तरमा लगातार समस्या देखिदै आएको छ । जहाजमा उत्पन्न हुने प्राविधिक समस्यामा व्यवस्थापकको लापरवाहीका कारण उक्त जहाजमा जोखिम बढ्दै गइरहेको छ । नेपालको अग्रणी वायुसेवा कम्पनीले नै यस्तो लापरवाही गर्दा यात्रुहरुको जीवन जोखिममा परेको छ नै कुनै अप्रिय अवस्था सिर्जना भएमा अर्बौ रुपैयाँको बीमाको दायित्व बढ्ने खतरा समेत बढेको छ ।

केही समयअघि भैरहवामा उड्नै लागेको जहाज धावनमार्गमै टायर पड्किएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*