जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

१८ जेष्ठ २०७९, बुधबार १६:५०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालन रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा १ खर्ब १ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

कम्पनीहरुले प्रथम बीमाशुल्क वापत ३१ अर्ब २६ करोड रुपैयाँ र नविकरण बीमाशुल्क वापत ७९ अर्ब १३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस त्रैमासको अवधिसम्ममा नेपाल लाइफले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफले यस त्रैमासको अवधिसम्ममा २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा एलआईसी (नेपाल)ले यस त्रैमासको अवधिसम्ममा १३ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
तेस्रोमा नेशनल लाइफले १० अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।एलआईसी (नेपाल)ले यस त्रैमासको अवधिसम्ममा १३ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*