नबिल र एनआइसी एशिया बैंकले खुलायो रोजगारीको अवसर, यसरी दिनुस आवेदन

१८ जेष्ठ २०७९, बुधबार १३:०५

काठमाडौं । दुई वाणिज्य बैंकले रोजगारीको अवसर खुलाएको छ । नबिल बैंक र एनआइसी एशिया बैंक लिमिटेडले सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

नबिल बैंक
नबिल बैंकले म्यानेजर डिजिटाइजेशनमा २ जना र अफिसर डिजिटाइजेशनमा १ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका ब्यक्तिले जेठ २४ गतेसम्म कम्पनीको वेबसाइट https://www.nabilbank.com/individual मा गई करियर सेक्सनमा क्लिक गरी ‘अप्लाई नाव’ आइकनमा गएर आवेदन दिन सक्नेछन् ।

एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले सातै प्रदेशबाट केही संख्यामा प्रशिक्षार्थी माग गरेको छ । उक्त पदका लागि बैंकले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक व्यक्तिले असार १ गतेसम्म कम्पनीको वेबसाइट https://merojob.com/employer/nic-asia-bank/ मा गएर ‘अप्लाई नाव’ भन्ने बटन क्लिक गरी दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*