जन्मदिनको अवसरमा सूर्या लाइफको बीमा पोलिसी उपहार

१८ जेष्ठ २०७९, बुधबार १२:३९

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नि र विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना इष्टमित्र, घरपरिवार र साथीभाईमा ‘जीवन बीमा पोलिसी’ उपहार दिने ट्रेन्ड नै चलेको छ ।

यसैबीच सियारी गाउँपालिका–६ रुपन्देहीका विनोद आचार्य र संगिता आचार्यले आफ्नो छोरीको जन्मदिनको अवसरमा सूर्या लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो छोरी प्रजिना आचार्यको जेठ ८ गते परेको जन्मदिनको उपलक्ष्यमा उनीहरुले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखामा १० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरिदिएका हुन् ।

सो अवसरमा विनोद आचार्यले भविष्यमा हुने जोखिम सुरक्षणको लागि बीमा पोलिसी उपहार दिएको बताए । अहिले समय महंगी बढी रहेको र कुनैपनि कार्य गर्दा तडकभडक भन्दा आवश्यकताको उपलब्धि मुलक कार्य गर्नुपर्ने भन्दै उक्त बीमा पोलिसी खरिद गरिदिएको उनको भनाई छ ।

विभिन्न पर्व, उत्सव, पास्नी तथा जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले पछिल्लो समयम आफ्नो नजिकको व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको भैरहवा शाखाका शाखा प्रमुख विरसिं महराले बताए ।

विनोद आचार्य र संगिता आचार्यले सूर्या लाइफको ‘सूर्या सुसंरक्षित सावधिक जीवन बीमा योजना’ खरिद गरिदिएका हुन् । जसमा न्युनतम १५ वर्षदेखि अधिकतम ६० वर्षसम्मकोले उक्त बीमा खरिद गर्न सक्नेछन् । यस योजनाको न्युनतम अवधि ५ वर्ष र अधिकतम अवधि ५५ वर्षसम्मको रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*