गणपति लघुवित्तले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१८ जेष्ठ २०७९, बुधबार ११:०२

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले विभागीय प्रमुख अन्तर्गतको लेखा तथा वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभाग, सूचना प्रविधि विभाग, अनुपालना तथा सामान्य सेवा विभाग, जनशक्ति व्यवस्थापन विभाग र आन्तरिक लेखा परिक्षण विभागमा एक–एक जना कर्मचारी माग गरेको छ ।

साथै लघुवित्तले सहायक।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख अन्तर्गतका लागि स्नातक देखि स्नाकोत्तर सम्मको शैक्षिक योग्यता र प्रशिक्षार्थीका लागि एसएलसी उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले असार २ गतेभित्र सम्पूर्ण आवश्यकीय कागजात संकलन गरी कम्पनीको इमेल [email protected] वा कम्पनीको वेबसाइट www.ganapatimicro.com.np  मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*