नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त

१८ जेष्ठ २०७९, बुधबार १०:३३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका महर्जन छ महिनाको कुलिङ पिरियड छल्न नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ बनेका थिए ।

बीमा समितिबाट जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आज बुधबारदेखि कायम हुने गरी आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरे अनुसार उनले आजबाट पदभार ग्रहण गरेका छन् ।
उनले बीमा समितिबाट स्वीकृति पाइसकेको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*