गुराँस लाइफ १५ औं वर्षमा प्रवेश, बीमितलाई उचित प्रतिफल दिने सिईओको प्रतिबद्धता

१७ जेष्ठ २०७९, मंगलवार १८:३६

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १५ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ ।

बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धताका साथ आम जनताको बीमा पुगेर बीमा व्यवसाय गर्ने प्रतिबद्धता जनाएको छ ।सञ्चालनको १५ वर्षमा प्रवेश गरेको कम्पनीले यस अवधीमा १२ अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । दीर्घकालिन हिसाबले बीमितहरुको हित हुने गरी अघि बढ्ने क्रममा कम्पनीले बीमितलाई बढिभन्दा बढि प्रतिफल दिने प्रतिबद्धताका साथ काम गरिरहेको सिईओ विपिन कुमार लालले बताए ।

एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले १४ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ ।गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १४ वर्ष पूरा गरी १५ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

देशैभरि राष्ट्रिय नेटवर्कका अघि बढिरहेको कम्पनीले आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता जनाएका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*