सिभिल बैंकको डेपुटी सिईओमा सचिनजंग रायमाझी नियुक्त
१७ जेष्ठ २०७९, मंगलवार १८:१६
काठमाडौं । सिभिल बैंकको डेपुटी सीईओमा सचिनजंग रायमाझी नियुक्त भएका छन् । एक वर्षदेखि खाली पदमा नियुक्त गर्न बैंकको सोमबार बसेको बैठकले रायमाझीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
विगत साँढे ४ वर्षदेखी चिफ क्रेडिट अफिसर रहेका रायमाझीसँग २१ वर्षे बैंकिङ अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको सहायक निर्देशकबाट बैंकिङ्ग सेवा सुरु गरेका रायमाझी एनबी बैंकमा आएको समस्या समाधान गर्न राष्ट्र बैंकको तर्फबाट व्यावस्थापक टिममा रहेर काम गरेका थिए ।