लौरो चिन्हबाट मेयर बनेका बालेन साहले केपी ओली भेटेको तस्विरले हंगामा

१७ जेष्ठ २०७९, मंगलवार १८:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा खादा लगाएको तस्विर सार्वजनिक भएपछि हंगामा मच्चिएको छ । उक्त तस्विर कहिले खिचिएको हो भन्ने कुरा भने खुल्न बाँकी छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिई अत्याधिक मतसहित बिजयी भएका बालेन साह केपी ओलीको निवास बालकोट पुगेको पुष्टि भएको छ । केहीबेर सामाजिक सञ्जालमा केपी ओलीले राता खादा ओडाएर सम्मान गरेको तस्विर सार्वजनिक गरेपछि खैलाबैला मच्चिएको हो ।
बालेन साहले भने केही बताएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*