बाउन्स चेक काट्ने सापकोटालाई प्रहरीले गर्यो प्रकाउ

१७ जेष्ठ २०७९, मंगलवार १४:११

काठमाडौं । बाउन्स चेक काट्नेलाई प्रहरीले प्रकाउ गरेको छ। गोरखाकी लक्ष्मी सापकोटालाई बाउन्स चेक काट्न पक्राउ परेकी छिन् । नेपाल बंगलादेश बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।

५१ वर्षिय निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०६८ साल पुस ५ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् । उनलाई अदालतले साढे १२ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*