अर्थमन्त्रीको बजेट बक्तव्यमा सचिवको कैंची

१७ जेष्ठ २०७९, मंगलवार १४:१८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा पढ्न तयारी अवस्थामा राखिएको बजेट बक्तव्यमा अर्थ मन्त्रालयका सचिवहरुले कैची लगाएको पुष्टि भएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरणमा एक वटा बुँदामा कैंची लगाएका पुष्टि भएपनि मन्त्री शर्माले तयार पारेको अन्य कति वटा बुँदामा कैंची लगाइयो भनेर खुल्न बाँकी छ ।

अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले बजेट बक्तव्यको २९८ नम्बर बुँदामा कैची लगाएर एक वाक्य काटि दिएको पुष्टि भएको छ । बजेट भाषणको दोस्रो दिन सोमबार अर्थमन्त्री शर्माको कम्प्युटरमा रहेको बजेट भाषण र मन्त्रिपरिषदबाट पास भएर आएको बजेट बक्तव्यमा फरक परेपछि मन्त्रीले पढ्न तयार पारेको बजेट बक्तव्यमा सचिवहरुले कैची चलाएको पुष्टि भएको हो ।

सचिवहरुले कैंची चलाए पनि मन्त्री शर्माको भाषणमा कतिपय कुराहरु दोहोरिएर आइरहेको थिए । भाषागत सम्पादन गर्नुपर्नेमा वास्ता नगरिएको र लाभ पाउने बर्गले पाउने सुविधा कटौति गरिएको विषय अर्थ मन्त्रलायमा चर्चाको विषय बनेको छ ।

अर्थमन्त्रालयको चेन अफ कमाण्डमा प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर अनावश्यक रुपमा घुसपैठ गरेको आरोप सचिवहरुमाथि लाग्दै आएको छ । सोही कारण दुवै सचिवहरुको सरुवा गर्न खोज्दा समेत नसकिएको चर्चा समेत अर्थमा चल्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*