सेन्ट्रल फाइनान्सको संस्थापक शेयर जेठ १७ गतेदेखि बिक्रिमा
१७ जेष्ठ २०७९, मंगलवार १०:०२
काठमाडौं । सेन्ट्रल फाइनान्सले १ लाख ४४ लाख ४९० कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न १२ संस्थापक सदस्यहरुको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
इच्छुक सदस्यहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।