साल्ट ट्रेडिङ्ग कर्पोरेशनको १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा

१७ जेष्ठ २०७९, मंगलवार १०:००

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले १० प्रतिशत बोनस बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गराएको छ। कम्पनीको २०७८ चैत्र ३० गते सम्पन्न भएको ५५ औँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर नेप्से र क्लियरिङ्गमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको जनाएको छ ।

साथै २०७८ चैत्र १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको र सो मिति पश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*