निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त

१६ जेष्ठ २०७९, सोमबार १६:२०

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ प्रतिशत ब्याजदर भएको ‘निफ्रा उर्जा ऋणपत्र २०८५।०८६’ ऋणपत्र जारी गर्ने भएको हो ।

सो प्रयोजनका लागि निफ्राले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र ट्रस्टि एवं निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले उर्जा ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गर्दै जेठ १३ गते दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको निफ्राले नेप्सेमार्फत जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*