एक वर्ष रोक्कापछि कारोबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट

१६ जेष्ठ २०७९, सोमबार १२:१९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर धितोपत्र दोस्रो बजारमा आजदेखि खुलेको छ । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक हिमालयन बैंकसँग मर्जरमा जाने भनेसँगै गत वर्ष वैशाख ३१ गतेदेखि यी दुवैको शेयर कारोबार रोक्का रहेको थियो ।

नेपाल राष्ट्र बैंकले नेप्सेलाई बैंकको आधारभूत शेयरधनीहरु बाहेकको शेयर कारोबार सुचारु गराउन निर्देशन दिएसँगै नेप्सेले दुवैको शेयर फुकुवा गरेको छ । सो अनुसार आजदेखि नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार भएको छ ।

सोमबार शेयरबजार खुलेको केही समयमा नै बैंकको शेयरमा उच्च गिरावट आएको हो । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका सूचीकृत १७५ कम्पनीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयर ९.९९ प्रतिशत अर्थात् ४० रुपैयाँ ७९ पैसाले घटेर ३६७ रुपैयाँ ७० पैसामा झरेको छ ।

गत पुष ३० गते बसेको हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्तावलाई अस्विकृति गरेको थियो । सोहीअनुसार दुई बैंकको मर्जर प्रक्रिया भाँडिएको थियो, तर शेयर भने कारोबारमा आएको थिएन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*