बार्षिक ४० हजार रुपैयाँ बीमा प्रिमियममा आयकर छुट दिने सरकारको निर्णय

१५ जेष्ठ २०७९, आईतवार १८:४४

काठमाडौं । सरकारले जीवन बीमाको प्रिमियम रकम बापत ४० हजार रुपैयाँमा कर छुट दिने निर्णय गरेको छ । यसअघि बार्षिक २५ हजार रुपैयाँसम्म कर छुट दिँदै आएकोमा आब ४० हजार रुपैयाँसम्मको आयमा कर छुट पाइने भएको छ ।

व्यक्तिगत आम्दानीमा करको स्ल्याबमा थप बार्षिक ४० हजार रुपैयाँमा कर लाग्ने छैन । अहिलेको नयाँ व्यवस्था अनुसार विवाहिता दम्पनीले बार्षिक ६ लाख रुपैयाँसम्म कर छुट पाउँछन् । सो आधारमा मासिक ५० हजार रुपैयाँसम्मको आम्दानीमा कर छुट छ । सो भन्दा थप आम्दानी भएमा र बार्षिक ४० हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्ने भएमा छ लाख ४० हजार रुपैयाँसम्मको आम्दानीमा कर छुट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*