वैदेशिक रोजगारमा जानेहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याइने सरकारको घोषणा
१५ जेष्ठ २०७९, आईतवार १८:४३
काठमाडौं । सरकारले वैदेशिक रो्जगारीमा गएका नेपालीहरुका लागि प्राथमिक शेयर (आइपीओमा कोटा छुट्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट घोषणा गर्दै आइपीओ निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने बताएका हुन् ।
साथै मन्त्री शर्माले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरेको छ ।