६८ बर्षमै बृद्धाभत्ता पाइने, सरकारले गर्यो यस्तो निर्णय
१५ जेष्ठ २०७९, आईतवार १७:३१
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता (बृद्ध भत्ता) अब ६८ वर्षमै उपलब्ध गराउने निर्णय गरेको छ । साथै सरकारले सामाजिक सुरक्षा भत्ता लिन नचाहने व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।