गत आर्थिक बर्षको तुलनामा बीमा व्यवसाय ११ प्रतिशतले बढ्यो, आर्थिक सर्वेक्षणमा बीमाको अवस्था यस्तो देखियो
१५ जेष्ठ २०७९, आईतवार १५:२०
काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा र शेयर बजारको अवस्था साघुरो देखिएको छ। अर्थमन्त्री जनादर्न शर्माले हिजो सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
नेपालको संविधानमा १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो ।शेयर बजार पुँजीकरण पनि बढेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले बीमा पहुँच तथा विस्तारमा पनि सुधार भएको देखाएको छ ।