जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

१५ जेष्ठ २०७९, आईतवार १०:५३

काठमाडौं । जोमसोम उडेको तारा एयरको ( एनएईटी ट्विनअटर) विमान सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । उक्त विमानमा पाइलट प्रभाकर घिमिरे थिए ।प्लाईट राईडरका अनुसार विमानको अन्तिम लोकेशन म्याग्दीको शिक्षा क्षेत्रमा रहेको  छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*