नौ महिनामा हिमालयन रिइन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन

१५ जेष्ठ २०७९, आईतवार १०:२४

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नौ महिनामा १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा १२ करोड ४७ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको खर्च बढेपनि आम्दानी बृद्धि भएकाले खुद नाफा पनि बढ्न पुगेको हो ।

अघिल्लो त्रैमाससम्ममा रू. २० करोड ४३ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस त्रैमाससम्ममा रू. ३२ करोड ९ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम पनि अघिल्लो त्रैमाससम्म रू. ७ करोड ९५ लाखभन्दा बढी भएकोमा यस त्रैमाससम्ममा रू. १२ करोड ४५ लाखभन्दा बढी भएको छ ।

९ महीनामा कम्पनीले रू. ५२ करोड ५९ लाखभन्दा बढी कुल बीमाशुल्क अर्जान गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको कुल बीमाशूल्क आर्जन रकम रू. ३० करोड ५५ लाखभन्दा बढी थियो ।

कम्पनीको हालको चुक्तापूँजी ७ अर्ब रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*