मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले मेराकी होलिस्टीक बलेनेस रिट्रिटमा छुट पाउने

१३ जेष्ठ २०७९, शुक्रबार १४:२५

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले बूढानीलकण्ठको मेराकी होलिस्टीक बलेनेस रिट्रिटमा छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटसँग विभिन्न सेवाहरुमा विशेष १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता भएको हो ।

उक्त सम्झौता सम्बन्धी कार्यक्रममा बैंकका तर्फबाट, संस्थागत मामिला विभाग बसन्त बक्शी र अन्य कर्मचारीहरुको उपस्थिति तथा मेराकी होलिस्टीक वेलनेस रिट्रिट को तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*