लु्म्बिनी विकास बैंकको तीन नयाँ शाखा विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंकको तीन नयाँ शाखा विस्तार भएको छ । बैंकले देशभर विभिन्न ठाउँमा बैकिङ सेवा पुर्याउने उद्देश्यले बिहिबार तीन नयाँ शाखा संचालनमा ल्याएको हो ।
बैंकले ८४औं शाखा कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नं. २ स्थित वाणी शाखा, ८५ औं शाखा कार्यालय कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा न.१ स्थित लम्की शाखा र ८६ औं शाखा कैलाली जिल्ला गौरीगंगा नगरपालिका वडा न.७ स्थित मसुरिया शाखा संचालनमा ल्याएको हो ।
वाणी शाखाको उद्घाटन विकास बैकका संचालक चिन्तामणी भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हेमराज ओझाले संयुक्त रुपमा गरेका हुन् ।
त्यस्तै लम्की शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सुशिला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निर्वतमान अध्यक्ष पदमराज चौलागाईले संयुक्त रुपमा गरेका हुन् ।
साथै मसुरिया शाखाको उद्घाटन बैंकका संचालक केशव खतिवडा र गौरीगंगा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख देविदत्त कँडेलले संयुक्त रुपमा गरेका हुन् ।
देशका साटवटै प्रदेशमा शाखा संचालन गरी कारोबार गर्दै आइरहेको बैंकले थप तीनवटा शाखाहरुको उद्घाटन भएसँगै सुदूरपश्चिम प्रदेशमा समेत बैंकको राम्रो उपस्थिति भएको छ । सो शाखा कार्यालयबाट ग्राहकहरुलाई वित्तीय पहुँच र बैकिङ्ग सुविधा पुग्ने बैंकले विश्वास लिएको छ ।