कालिका लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी कृष्ण प्रसाद रिजालले आफने नाममा रहेको शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएकोमा कम्पनीले सो शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो ।
संस्थापक शेयरधनी रिजालले ५००० कित्ता शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन दिएका हुन् । प्रचलित नियमअनुसार प्रथम चरणमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई नै बिक्री गर्नुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा लिखित जानकारी गराउन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र शेयरधनीबाट कुनै पनि निवेदन नआएको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।