राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

१३ जेष्ठ २०७९, शुक्रबार ११:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामासमष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाऊ पुयाउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिकगरिएको थियो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा २०७८ मंसिर १० गते र अद्र्धवार्षिक समीक्षा २०७८ फागुन ५ गते गरिएको थियो ।

कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि विस्तार हुन शुरु भएको छ । २०७९वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनलेअर्थतन्त्र थप चलायमान हुन गएकोछ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५।८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिलेमूल्यमा चाप पर्न गएको छ । समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्रदबाबमा परेको छ ।

क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ । छ। चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अद्र्घवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको योसमीक्षा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ५।८४ प्रतिशतले वृद्धि
भएको अनुमान सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षेत्रगत रुपमा भएको वास्तविक उत्पादनसँग आर्थिक वर्ष २०७८/७९ का लागि विभागले सार्वजनिक गरेको क्षेत्रगत अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भैसकेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको हिस्सा ९०।७३ प्रतिशत रहेको अनुमान छ । गत वर्ष कुल उपभोग ७।७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो उपभोग ११।५ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बचत र लगानीबीचको अन्तर कुल गार्हस्थ्यउत्पादनको २।४८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/नेपाल राष्ट्र बैंक उत्पादनको २९।३७ प्रतिशत रहने अनुमान छ । स्थिर पुँजी निर्माणको अनुपात स्थिर रहँदा रहँदै साधन अन्तरमा वृद्धि आउनुले विगत वर्षहरुको तुलनामा चालु वर्ष राष्ट्रिय बचत परिचालनमा कमी आएको देखिएकोछ ।

पछिल्लो समय मुद्रास्फीति बढ्दो क्रममा रहेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ चैतमा मुद्रास्फीति ३।१० प्रतिशत रहेकोमा २०७८ चैतमा ७।२८ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धिदर २०७७ चैतमा ३।४९ प्रतिशत रहेकोमा २०७८ चैतमा ७।४० प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समुहको मूल्य वृद्धिदर २।७९ प्रतिशत रहेकोमा ७।१८ प्रतिशत पुगेको छ ।

सरकारी वित्त

नेपाल सरकार, अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय का अनुसार आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा संघीय सरकारको कुल खर्च रु।७९४ अर्ब २६ करोड रहेको छ ।

यस अवधिमा चालु खर्च रु।६२५ अर्ब ५० करोड, पुँजीगत खर्च रु।१०३ अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु।६४ अर्ब ९७ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व रु।७८९ अर्ब २६ करोड ९प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत० परिचालन भएको छ । यसमध्ये कर राजस्व रु।७२७ अर्ब ७९ करोड र गैर कर राजस्व रु।६१ अर्ब ४७ करोड परिचालन भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी बिलमार्फत रु।५० अर्ब, विकास ऋणपत्रमार्फत रु।५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत रु।९७ करोड परिचालन गरी जम्मा रु।१०५ अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

बाह्य क्षेत्र

चालु आर्थिक वर्षको नौमहिनामा वस्तु निर्यात ६९।४ प्रतिशतले वृद्धि भएको छ भने आयात ३२ प्रतिशतले वृद्धि भएको छ । निर्यातको तुलनामा आयातको आधार फराकिलो रहेकोले व्यापार घाटा२८।५ प्रतिशतले वृद्धि भई रु।१३०६ अर्ब ९ करोड पुगेकोछ ।

चालु आर्थिक वर्षको नौ महिनामा भएको सेवा खर्च र सेवा आय २०७५७६ को नौ महिनामा भएको सेवा खर्च र सेवा आयको क्रमशः १।१० गुणा र ०।५८ गुणा रहेको छ । सेवातर्फको खर्च कोभिडपूर्वको अवस्थाभन्दा उच्च रहेको छ तर आयतर्फको आप्रवाहमा भने सुधार आउन सकेको छैन । यसर्थ, समीक्षा अवधिमा सेवा खाता घाटा रु।८० अर्ब ३५ करोड रहेको छ ।

कोभिडपूर्वको वर्ष २०७५/७६ को नौ महिनामा यस्तो घाटा रु।८ अर्ब २६ करोड रहेको थियो ।समीक्षा अवधिमा चालु खाता रु।५१२ अर्ब ७१ करोड घाटामा रहेको छ भने शोधनान्तर स्थिति रु।२६८ अर्ब २६ करोड घाटामा रहेको छ । २०७८ चैत मसान्तमा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ६१ करोड रहेको छ । आयातको विद्यमान प्रवृत्तिलाई दृष्टिगत गर्दा उक्त सञ्चिति ६।६ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मौद्रिक क्षेत्र

समीक्षा अवधिमाशोधनान्तर स्थिति उल्लेख्य घाटामा गएका कारण बजारबाट आधार मुद्रा प्रशोचित हुन गई मौद्रिक विस्तारमा कमी आएको छ । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १०।४ प्रतिशतले वृद्धि भएको छ भने संकुचित मुद्राप्रदाय ३।६ आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिशतलेबढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ चैतमा विस्तृत मुद्राप्रदाय २३।९ प्रतिशत र संकुचित मुद्राप्रदाय २३।७ प्रतिशतले वृद्धि भएको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुलनिक्षेप १२।२ प्रतिशतले वृद्धि भएको छ । २०७७ चैत मसान्तमा यस्तो निक्षेपको वृद्धिदर २३ प्रतिशतरहेको थियो । त्यसैगरी, वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीयसंस्थाहरुले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जाको वृद्धिदर १७।८ प्रतिशत रहेको छ ।

२०७७ चैतमा यस्तोकर्जाको वृद्धिदर २३।१ प्रतिशत रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको यस्तोअनुपात ९०।०६ प्रतिशत रहेको छ ।

पुँजी बजार

२०७८ असार मसान्तमा २८८३।४ रहेको नेप्से सूचकाङ्क २०७८ चैत मसान्तमा २४१५।३ कायम भएको छ । त्यसैगरी, २०७८ असार मसान्तमा बजार पुँजीकरण रु।४०१० अर्ब ९६ करोड रहेकोमा २०७८ चैत मसान्तमा रु।३४२६ अर्ब ११ करोड रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ चैत सम्ममा सूचीकृत ६ अर्ब ६८ करोड शेयरको चुक्ता मूल्य रु।६५८ अर्ब ३३ करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को नौ महिनासम्ममा कुल रु।१८२ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु।४ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु।३ अर्ब ७९ करोड बराबरको साधारण शेयर, रु।३ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु।३ अर्ब बराबरको म्युचुअल फण्ड गरी कुल रु।१५ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

मौद्रिक नीतिको कार्यान्वयन स्थिति

आर्थिक तथा मौद्रिक लक्ष्यहरुको स्थिति आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८ प्रतिशत कायम गर्ने लक्ष्य राखिएकोमा वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा १०।४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा निजी क्षेत्रमाथिको दाबी १९ प्रतिशतले बढ्ने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा यस्तो वृद्धिदर १७।९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु।४६८ अर्ब ९७ करोड र स्थायी तरलता सुविधामार्फत रु।५७७३ अर्ब ७५ करोड गरी कुल रु।६२४२ अर्ब ७२ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल रु।८ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा रिभर्स रिपोमार्फत रु।२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु।३१ अर्ब ६५ करोड गरी कुल रु।६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल रु।३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६८ करोड खुद खरिद गरी रु।२०३ mअर्ब ९ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु।३२४ अर्ब ९२ करोड तरलता प्रवाह गरिएको थियो ।

गत वर्षको नौ महिनाको तुलनामा समीक्षा वर्षको सोही अवधिमा अमेरिकी डलरको खरिद ३८।८ प्रतिशतले घटेकोछ । समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ५० करोड बिक्री गरी रु।४१९ अर्ब १८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ४४ करोड बिक्री गरी रु।४०४ अर्ब ७० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

गत वर्षको नौ महिनाको तुलनामा समीक्षा वर्षको सोही अवधिमा ३।६ प्रतिशत बढीले भारतीय रुपैयाँ खरिद भएको छ ।आर्थिक वर्ष २०७८÷७९ को नौ महिनामा वाणिज्य बैंकहरूले रु।२२९९ अर्ब २२ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) ले रु।२६९ अर्ब ६८ करोड गरी कुल रु।२५६८ अर्ब ९१ करोड बराबरको अन्तर–बैंक कारोबार गरी बजारबाट तरलता व्यवस्थापन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले रु।८७५ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरू वाणिज्य बैंकहरुबीच बाहेकले रु।१५९ अर्ब ४२ करोड गरी कुल रु।१०३४ अर्ब ९२ करोड बराबरकोअन्तर–बैंक कारोबार भएको थियो । गत वर्षकोतुलनामा समीक्षा अवधिमा अन्तर– बैंक कारोबारका माध्यमबाट २।५ गुणा बढी तरलता व्यवस्थापन भएको छ ।

ब्याजदर

२०७७ चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २।७६ प्रतिशत रहेकोमा २०७८ चैतमा ७।५८ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ चैतको २।०३ प्रतिशतको तुलनामा २०७८ चैतमा ६।९९ प्रतिशत कायम
भएको छ ।

२०७८ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर ९।१७ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ७।११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०।७८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा तरलता दबाबको कारण अल्पकालीन र दीर्घकालीन ब्याजदरहरु बढेका छन्।

मुद्रास्फीति समायोजन गरिएको निक्षेप तथा कर्जाको भारित औसत वास्तविक ब्याजदर २०७७ चैतको तुलनामा २०७८ चैतमा घटेको छ । २०७७ चैतमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर १।६९ प्रतिशत रहेकोमा २०७८ चैतमा यस्तो ब्याजदर ०।१७ प्रतिशतले ऋणात्मक रहेको छ । त्यसैगरी, २०७७ चैतमा कर्जाको भारित औसत वास्तविक ब्याजदर ५।५१ प्रतिशत रहेकोमा २०७८ चैतमा ३।५० प्रतिशतमा झरेको छ ।

२०७७ चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत वास्तविक ब्याजदर ०।३४ प्रतिशतले ऋणात्मक रहेकोमा २०७८ चैतमा यस्तो ब्याजदर ०।३० प्रतिशत रहेको छ ।

वित्तीय क्षेत्रसम्बन्धी व्यवस्थाको कार्यान्वयन स्थिति
स्रोत परिचालन

वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७८ चैत मसान्तसम्म वाणिज्य बैंकहरुले रु।११० अर्ब ५१ करोड र अन्य वित्तीय संस्थाहरुलेरु।६ अर्ब ४५ करोड ऋणपत्र जारी गरेका छन्।वाणिज्य बैंकहरुले जारी गरेको कुल ऋणपत्रमध्ये रु।६ अर्बको कृषि ऋणपत्र र रु।४ अर्ब ५०करोडकोऊर्जा ऋणपत्र रहेको छ ।

कर्जा प्रवाह

वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म १२ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा रु।४९० अर्ब १५ करोड कुल कर्जाको १२।२८ प्रतिशत० कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म ६ प्रतिशत कर्जा उर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा रु।२२० अर्ब ८ करोड कुल कर्जाको ५।५१ प्रतिशत० कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७९ असार मसान्तसम्म ११ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम्मझौला उद्यमका क्षेत्रमा ९रु।१ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना तथा सञ्चालनमा विशेष प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा रु।३९३ अर्ब २८ करोड ९कुल कर्जाको ९।८५ प्रतिशत० कर्जा प्रवाह भएको छ ।

कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा विकास बैंकहरुले २०७९असार मसान्तसम्म कुल कर्जा लगानीको १७ प्रतिशत र वित्त कम्पनीहरुले १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । २०७८ चैत मसान्तसम्म यस्तो क्षेत्रमा विकास बैंकहरुले रु।१११ अर्ब ९२ करोड ९कुल कर्जाको २६।६२ प्रतिशत० र वित्त कम्पनीहरुले रु।१६ अर्ब १५ करोड ९कुल कर्जाको २१।९२ प्रतिशत० कर्जा प्रवाह गरेका छन्।

सहुलियतपूर्ण कर्जा

उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमार्फत उत्पादनशील अर्थतन्त्र निर्माण गर्न नेपाल सरकारको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अपेक्षित वृद्धि भएको छ । २०७८ चैत मसान्तमा १ लाख ४५ हजार ६९३ ऋणीहरुलाई रु।२१६ अर्व ६ करोड सहुलियतपूर्ण कर्जा लगानीमा रहेको छ । २०७८ चैत मसान्तसम्म सहुलियतपूर्ण कर्जाका लागि नेपाल सरकारबाट रु।१४ अर्ब ब्याज अनुदान प्रदान भएको छ ।

आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रम
पुनरकर्जा
नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ संशोधन गरी यस बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जामा कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम÷व्यवसायलाई प्राथमिकता दिइएको छ । समीक्षा अवधिमा २४ हजार २ सय ७७ ऋणीलाई रु।१०७ अर्ब ३२ करोड पुनरकर्जा स्वीकृत भएको छ । २०७८ चैत मसान्तमा रु।११६ अर्ब ९० करोड पुनरकर्जा लगानीमा रहेको छ ।

व्यवसाय निरन्तरता कर्जा

कोभिड–१९ संक्रमणबाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको व्यवसाय निरन्तरता कर्जा २०७८ चैत मसान्तसम्ममा रु।१ अर्ब ८ करोड लगानीमा रहेको छ ।

कर्जा भुक्तानी अवधि थप, पुनरसंरचना तथा पुनरतालिकीकरण

कोभिड–१९ महामारीले समग्र अर्थतन्त्रमा पारेको प्रभाव समेतलाई मध्यनजर गरी बैक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार ३ वर्षसम्म खुद नोक्सानीमा आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा रहेमा मात्र सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था सम्बन्धमा निर्देशन जारी गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड–१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

भुक्तानी प्रणाली

बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाहको प्रक्रियालाई सरलीकरण गर्ने, कर्जा प्रवाह लागत कम गर्ने तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याइएको छ ।

विप्रेषण कम्पनीहरुले आफ्ना एजेन्ट र सब–एजेन्टमार्फत स्वदेशभित्र गर्नसक्नेरकम स्थानान्तरणको सीमा पुनरावलोकन गरी प्रति व्यक्ति प्रतिदिन अधिकतम कारोबार रकम रु।२५,००० कायम गरिएको छ ।

क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीको लागि मात्र प्रयोग गर्नुपर्ने र उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न वा नगद झिक्न नमिल्ने व्यवस्था गर्न भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई निर्देशन जारी गरिएको छ । साथै, विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्कोमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकहरुलाई संस्था स्वयम्वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधिको सहायताले मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका क्षेत्रमा खातामा नगद जम्मा गर्ने, भुक्तानी गर्ने, रकमान्तर गर्ने, स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्ने लगायतका शाखा रहित बैंकिङ्ग सेवाहरु प्रदान गर्न सक्ने व्यवस्थाका लागि निर्देशन जारी
गरिएकोछ ।

विदेशी विनिमय व्यवस्थापन
विभिन्न ४७ प्रमुख शीर्षक अन्तर्गतका हार्मोनिक कोड भएका वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

तातोपानी भन्सार बिन्दुमार्फत हुने आयात कारोबारको सम्बन्धमा अधिकतम अमेरिकी डलर ३ हजारसम्मको सामान आयातको लागि नगद विदेशी मुद्रा उपलब्ध गराउन सकिने विद्यमान व्यवस्थालाई हटाइएको छ ।

वाणिज्य बैंकले तोकिएका शर्तहरू पालना हुने गरी परिवत्र्य विदेशी मुद्रामा बचत निक्षेप संकलन तथा परिचालन गर्न संचालित खातामा कायम हुनुपर्ने विद्यमान न्यूनतम मौज्दात परिवर्तन गरी अमेरिकी डलर एक हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा हुनुपर्ने व्यवस्था कार्यान्वयनमा
ल्याइएकोछ ।

नेपाल राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाहरुमा गैर–आवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्दा र संचालन गर्दा सम्बन्धित निकायबाट गैर–आवासीय नेपाली प्रमाणित हुने तोकिएकामध्ये कुनै एक कागजात संलग्न गरेमा हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

नेपाली फर्म, कम्पनी, उद्योग, बैंक तथा वित्तीय संस्था लगायतले परिवत्र्य विदेशी मुद्रामा ऋण लिँदा तिर्नुपर्ने ब्याजदरलाई लाइबोर सँग आवद्ध गरिएको विद्यमान व्यवस्थालाई परिमार्जन गरी विभिन्न बेन्चमार्क ब्याजदरहरु सँग आवद्ध गरिनुको साथै मार्जिनदरमा पुनरावलोकन गरिएको छ।

नेपाल सरकारद्वारा २०७९ वैशाख १३ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम तोकिएका वस्तुहरु २०७९ असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज गर्ने ब्यवस्था कार्यान्वयनको लागि निर्देशन जारी गरिएकोछ ।

आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्रामबाट घटाई १० किलोग्राम हुने व्यवस्थाकार्यान्वयनमा आएको छ ।विश्व आर्थिक स्थिति तथा परिदृश्य कोभिड–१९ महामारीबाट खल्बलिएको विश्व आपूर्ति तथा उत्पादन श्रृंखला रसिया–युक्रेनबीचको युद्धका कारण थप प्रभावित हुन गएकोर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिले गर्दा मुद्रास्फीति विश्वव्यापी रुपमा बढ्दै गएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर वृद्धि गरेका छन्भने कोभिड लक्षित नीतिगत सुविधाहरुलाई पनि क्रमशः कटौती गरिरहेका छन्। उपर्युक्त कारणहरुले गर्दा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२२ मा सन् २०२३ मा पनि विश्वको आर्थिक वृद्धिदर ३।६ प्रतिशत रहनेप्रक्षेपण गरेको छ ।

सन् २०२२ मा विकसित मुलुकहरुको अर्थतन्त्र ३।३ प्रतिशतले विस्तार हुने अनुमान रहेकोमा सन्२०२३ मा २।४ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ ।
छद्ध। सन् २०२२ मा विकसित मुलुकहरुको औसत मुद्रास्फीति ५।७ प्रतिशत र उदीयमान तथाविकासोन्मुख मुलुकहरुको मुद्रास्फीति ८।७ प्रतिशत रहने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ ।

संयुक्त राज्य अमेरिकामा चार दशकपछि मुद्रास्फीति उच्च बिन्दुमा पुगेको छ । अप्रिल, २०२२ मा अमेरिकाको मुद्रास्फीति ८।३ प्रतिशत रहेको छ । अप्रिल, २०२२ मा भारतमा खुद्रा मूल्य सूचकाङ्कको वृद्धिदर १७ महिनायताकै उच्च ७।७९ प्रतिशत रहेको छ भने थोक मूल्य सूचकाङ्क १५।०८ प्रतिशतले वृद्धि भएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको मूल्य वृद्धिका कारण विश्वका अधिकांश केन्द्रीय बैंकहरुले मौद्रिक नीतिलाई कसिलो बनाउँदै लगेका छन् । अमेरिकी फेडरल रिजर्भले मार्च २३, २०२२ मा टार्गेट फेडरल फण्ड रेट २५ आधार बिन्द ले वृद्धि गरेकोमा मे ४, २०२२ मा दोश्रो पटक५० आधार बिन्दुले पुनः वृद्धि गरेको छ । त्यसैगरी, फेडरल रिजर्भले आगामी तीन महिनासम्म प्रत्येक महिना ३० अर्ब डलर बराबरको ट्रेजरी र १७।५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बजारमा बिक्री गर्ने र तीन महिनापश्चात्६० अर्ब डलर बराबरको ट्रेजरी र ३५ अर्ब डलर बराबरको मोर्टगेज व्याक्ड सेक्युरिटिज बिक्री गरी बजारबाट तरलता प्रशोचन गर्ने योजना सार्वजनिक गरेको छ ।

भारतीय रिजर्भ बैंकले मे ४, २०२२ मा नीतिगत दरमा ४० आधार बिन्दुले वृद्धि गरेको छ भने मे२१, २०२२ देखि लागू हुने गरी अनिवार्य नगद अनुपातमा ५० आधार बिन्दुले वृद्धि गरी ४।५ प्रतिशत पु¥याएको छ । अनिवार्य नगद अनुपातमा गरिएको वृद्धिबाट करिव भा।रु।८ खर्ब ७० अर्बआर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षातरलता प्रशोचन हुने अनुमान गरेको छ । बैंक अफ इंग्ल्याण्डले सन् २०२१ डिसेम्बरदेखि सन् २०२२ मे महिनासम्मको ६ महिनाको अवधिमा चार पटक नीतिगत दरमा वृद्धि गरेको छ ।

मौद्रिक कार्यदिशा
मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।

कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ ।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिनेछ ।

नेपाल राष्ट्र बैंक

मौद्रिक तथा वित्तीय उपायहरू

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।

मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइनेछ ।
अन्त्यमा,
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन तयार गर्न सुझाव, तथ्याङ्क तथा विवरण उपलब्ध गराई सहयोग पु¥याउने सबैमा नेपाल राष्ट्र बैंक धन्यवाद ज्ञापन गर्दछ । साथै, मौद्रिक नीतिको कार्यान्वयनमा सदाभैm सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*