कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड

१३ जेष्ठ २०७९, शुक्रबार ११:०२

काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । ब्रैंकले १ हजार प्रति ऋणपत्रका दरले २५ लाख ७३ हजार २५ कित्ताले हुन आउने रू। २ अर्ब ५७ करोड ३० लाख २५ हजार बराबरको ऋणपत्र परिपत्र विधिबाट वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म निष्कासन गरेको थियो ।

सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु नियमअनुसार २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र बाँडफाँट गरेको जानकारी दिइएको छ ।

ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*