बालेन साहले आज विहान ८ः०० बजे खुलामञ्चमा भाषण गर्ने, विहान ६ः०० बजेदेखि बिजय जुलुस सुरु

१३ जेष्ठ २०७९, शुक्रबार ०५:५७

अपडेटः ८ः२५

काठमाडाैं महानगर पदका मेयर बालेन साहकाे धन्यवाद र्याली केही ढिलाई भएकाे छ । भर्खरै र्याली सुरू भएकाे छ । अब तल उल्लेखित रूट हुँदै अघि बढेेका छन् ।

काठमाडाैं। कामठाडौंको मेयरमा निर्वाचित बालेन साहले आज विहान ८ः०० (करिब) खुलामञ्चमा सम्बोधन गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन आयोगले विहान ६ः०० बजे गर्नेछ । त्यस लगत्तै उनले भृकुटीमण्डपबाट धन्यवाद र्याली निकाल्नेछन् ।

काठमाडौंको विभिन्न शहरहरु हुँदै साह अन्दाजी ८ः०० बजे खुलामञ्च पुगेर भाषण गर्ने जनाइएको छ । बालेन साहको बिजय जुलुसको रुट तय भएको छ । विहानै राष्ट्रिय सभागृहबाट सुरु हुने जुलुस भद्रकाली, त्रिपुरेश्वर, थापाथली माईतिघर, बबरमहल, बिजुलीबजार, युएन पार्क कारिडोर हुँदै तीनकुने, जटिबुटी, पेप्सिकोला, कोटेश्वर, सिनामंगल, एयरपोर्ट, तिलगंगा, गौशाला, चाबहिल, महाराजगंज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सितापाईला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वर सुन्धारा, खुल्ला मन्च आईपुग्नेछ ।

अन्तिम मत परिणाम अनुसार साहले ६१,७६७९३२५० मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना ३८,३४१ मत प्राप्त गर्दा एमालेका केशव स्थापित ३८,११७ मत प्राप्त गरेका छन् । त्यस्तै कालिमाटीका सुमन सयामी १३,७७ मत प्राप्त गरेका छन् भने राप्रपाका मदनदास ५,७७० मत प्राप्त गरेका छन् ।
त्यस्तै, समिक्षा बास्कोटा ६४७, प्रेमसागर कर्मचार्यले २१४ मत पाएका छन् ।

काठमाडौं महानगरपालिकामा गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा कूल खसेको मत १,९०,९६२ थियो भने सदर मत १,५९,९०६ रहेको थियो । बाँकी ३१,०५६ मत बदर भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*