‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड सम्पन्न

१२ जेष्ठ २०७९, बिहीबार ११:३०

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड भएको हो ।

बैंकले २० करोड रुपैयाँ बराबरको प्रति डिबेञ्चर १००० रुपैयाँ दरको २२ लाख कित्ताले हुन आउने २ अर्ब २० बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता परिपत्र विधिबाट बिक्री गरिने र ४० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता (जसमध्ये १० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरि सकिएको) ऋणपत्र सर्वसाधारणका लागि वैशाख २१ देखि जेठ ४ गतेसम्म निष्काशत तथा बिक्री खुल्ला गरेकोमा रितपुर्वक आवेदन दिनेलाई वितरण गरिएको हो ।

बैंकले जेठ १० गते रितपूर्वक आवेदन दिएकाहरुलाई ऋणपत्र बाँडफाँड गरेको हो । कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*