हिमालयन रिइन्स्योरेन्सले बिशेष साधारणभाबाट प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

१२ जेष्ठ २०७९, बिहीबार १०:५४

काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते बोलाएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*