भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर

११ जेष्ठ २०७९, बुधबार १८:१९

काठमाडौं । कतिपयले गठबन्धनलाई अनेकन कोणबाट गाली गरेको पनि सुनिन्छ । तर हालै सम्पन्न भएको निर्वाचनको क्रममा चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष रेनु दाहालको बिजयसँगै राष्ट्रघात गर्ने भारतीय षडयन्त्र पराजित हुन पुगेको छ । रेनु दाहाल बिजयी हुँदा कसरी भारतीय षडयन्त्र पराजित भयो ? यो झूट हो भनेर पनि भन्न सक्छन् । तर, माओवादी केन्द्र निकट उच्च स्रोतबाट प्राप्त सूचना र कुटनीतिक च्यानलबाट पुष्टि गरिएको तथ्यबाट चितवनमा रेनु दाहाल बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर हुन पुगेको छ ।

घट्ना २०७९ बैशाख ४ गतेको हो । त्यो दिन प्रचण्डले खुट्टा कमाएको वा डर मानेको भए प्रचण्डले एउटा राष्ट्रघात गर्ने शर्त मान्नु पर्ने थियो । तर, प्रचण्ड डराएनन् र छोरी रेनुलाई पनि निर्भिकतापूर्वक अघि बढ्न भने ।

 

बैशाख ३ काठमाडौंबाट तीन जना भारतीय उच्च अधिकारीहरु चितवन पुगे । भाडाको ट्याक्सी चढेर काठमाडौंबाट हिडेका उनीहरुले चितवन पुगेर प्रचण्डलाई एक जना पूर्व माओवादी नेताको घरमा भेटका थिए । बैशाख ३ गते चितवन पुगेका अध्यक्ष प्रचण्ड सोही दिन नपलपुर पुगेर एक राजनीतिक कार्यक्रममा सहभागी भएर सो दिन राति चितवनमा नै बसेका थिए । बैशाख ४ गते विहान भारतीय सेनाका बरिष्ठ नेता र भारतीय जासुसी संस्था रअका उच्च अधिकारी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलका प्रतिनिधिका बीचमा भेटवार्ता भएको थियो ।

सो भेटवार्तामा भारतीय पक्षले केपी ओलीले जारी गरेको चुच्चे नक्सा मन्त्रिपरिषदबाट फिर्ता लिने सम्बन्धी कुनै न कुनै निर्णय गर्ने प्रतिबद्धता मागेका थिए । प्रचण्डले भारतीयहरुले गोप्य रुपमा यस्तो प्रस्ताव राखेपछि झस्किए । भारतीय सेना, रअका प्रतिनिधिहरुले प्रचण्डलाई चुच्चे नक्सा फिर्ता नभए चितवनमा रेनु दाहालका विरुद्धमा कांग्रेसको तर्फबाट बागी उम्मेदवार उठाएर हराईदिने र माओवादीलाई चुनावमा सिध्याईदिने चेतावनी दिएका थिए ।

प्रचण्डले भारतीय सुरक्षा सम्बद्ध उच्च नेतृत्वको चेतावनी र धम्कीलाई वेवास्ता गर्ने निर्णय सुनाईदिएका थिए । प्रचण्डको निर्णय सुनेपछि भारतीयहरुले चितवनमा रेनुका विरुद्धमा कांग्रेसबाट बागी उम्मेदवार उठाएर हराईदिने भन्दै छुट्टीए । प्रचण्डले भारतीय सेनाका उच्च नेतृत्व, रअका उच्च नेतृत्व तथा प्रम नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलका विशेष दूतलाई चुच्चे नक्सा फिर्ता नहुने स्पष्ट सन्देश सुनाएर फर्काइदिएका थिए ।

त्यस लगत्तै प्रचण्ड काठमाडौं फर्किए र घट्नाबारे प्रम शेर बहादुर देउवालाई सुनाएका थिए । भारतीयहरुले चुनावमा गर्न खोजेको षडयन्त्रको विषयमा स्पष्ट पारेपछि देशका प्रमुख शहरहरुमा गठबन्धनको तर्फबाट संयुक्त सभा आयोजना गर्ने निर्णय गरिएको थियो । सोही निर्णय बमोजिम चितवनसहितका देशैभरि संयुक्त सभाहरु आयोजना गरिएको थियो ।

संयुक्त सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशी तत्वहरु गठबन्धन भाँड्न सक्रिय रहेको र बार्गेनिङ गरिरहेको आशय व्यक्त गरेका थिए । ७३ औं कम्युनिष्ट पार्टी स्थापना दिवस तथा १५२ औं लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पहलमा भएको कम्युनिष्ट पार्टी ध्रुविकरण अभियानलाई विदेशी शक्तिले रोकेको दावी गरेका थिए । प्रचण्डले देशबाहिरका प्रतिक्रियावादीहरुको संलग्नतामा पार्टी बिभाजन गराइएको आरोप लगाएका थिए । माओवादी अध्यक्ष प्रचण्डमार्फत भारतले आफ्नो स्वार्थ पूरा गर्ने हतियार बनाएको निर्वाचन समयमा सम्पन्न हुनुले पनि आफैमा भारतीय षडयन्त्र परास्त बन्न पुगेको छ ।

चितवनमा रेनु बिजयी हुँदा प्रचण्डकी छोरीको रुपमा बिजय भएको नभई विकासप्रेमी एक चेलीको मात्रै बिजय भएको छैन प्रचण्ड जस्तो गतिशिल नेतृत्वसँग बार्गेनिङ गर्ने भारतीय षडयन्त्र पराजित हुन पुगेको छ ।

One thought on “भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*