सलमान खान नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित

११ जेष्ठ २०७९, बुधबार १५:५१

काठमाडौं । भारतीय अभिनेता सलमान खान नेपाल नआउने भएको छ । खानले प्रस्तुत गर्ने भनिएको कन्सर्ट स्थागित भएसँगै उनी नेपाल नआउने भएका हुन् ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको ‘दबंग टुर रिलोडेड’ अन्तिम समयमा रोकिन पुगेको हो । आयोजकले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको कारण भन्दै कार्यक्रम रोक्ने बताएको हो ।

ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो । उनीसँगै भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

यसअघि पनि सलमान खानको सन् २०१८ मार्च १० मा ‘द दबङ्ग नेपाल टुर’ रोकिएको थियो । नेकपा माओवादी केन्द्रबाट फुटेका नेकपा माओवादीका नेत्रविक्रम चन्द ‘विप्लप’ले  उक्त शो खारेज गर्न माग गर्दै सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट भएर विरोध गर्न आह्वान गरेका थिए । उनले नेपाली भूमिमा विदेशी सांस्कृतिक हस्तक्षेप गर्न आह्वान गर्दै सलमान खानको उक्त कन्सर्टलाई रद्द गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*