यमाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा, यस्ता छन् फिचरहरु

११ जेष्ठ २०७९, बुधबार १४:५४

काठमाडौं । यमाहाले बाइक एफ जेड एक्स १५० को एमडब्लू इन्टरप्राइजेजभृकृटीमण्डपस्थित कम्पनीद्धारा बैशाख १५ देखि २१ गतेसम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।

कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो रियो रेट्रो बाइक हो । जुन एलसिडि मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरु र क्लासिक डिजाईन सम्मिलित गरी तयार पारिएको छ।

राइड फ्रि अवधारणका साथ तयार पारिएको यस मोटरसाइकल बिशेषगरि स्वतन्त्र, सहज र आरमदायक यात्रा गर्न रुचाउने बाईकप्रमीहरुलाई लक्षित गरि ल्याएको कम्पनीले जनाएको छ।

महा एक्सचेञ्ज मेलामा नेपाली सिनेकर्मी अनमोल केसीलृ टेस्ट राईट गरि मन पराइएको यस अल न्यू एफ जेड एक्स १५०, फयुल इन्जेक्टेड (एफआई) र भारत स्टाण्डर्ड ०६, एयर कुल्ड, १५० सीसी ब्लु कोर इन्जिन र ५ स्वीड गियर बक्सका साथ तयार पारिएको बाईक हो । यसले ७२५० आरपीएममा १२।४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३।३ एनएम टर्क जेनेरेट गर्दछ ।

उत्कृष्ट कौशलतकारिकताका साथ तयार पारिएको टू लेभल सिट, बलिायो प्याट्रन टायर, फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटिजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*