बीमा क्षेत्रको पाँच खर्ब बचत राष्ट्र निर्माणमा लगाउने सरकारको योजना, दीर्घकालिन लगानीले बीमा कम्पनीलाई थप फाइदा पुग्ने

११ जेष्ठ २०७९, बुधबार ०८:२९

काठमाडौं । नेपाली बीमा क्षेत्रले निर्माण गरेको करिब पाँच खर्ब पुँजि राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा सरकारले तयारी गरेको छ । हिजो सरकारले संसदमार्फत घोषणा गरेको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्वलाई बीमासँग जोड्ने घोषणा गरेको छ ।

बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्ने विषय त्यति सजिलो नभए पनि वर्तमान सरकारले पहिलो पटक यस्तो विषय नीति तथा कार्यक्रममा राखेर अघि सारेको हो । बीमालाई उत्पादकत्वसँग जोड्ने भन्नाले अहिले बैंकमा मुद्दति निक्षेपको रुपमा राखेर ब्याज खाने रकमलाई दीर्घकालिन लगानीको पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने योजना सरकारले अघि सार्न लागेको हो ।

अहिले बीमा क्षेत्रमा सिर्जना भएको पाँच खर्ब रकमको ठूलो हिस्सा बैंकमा मुद्दति निक्षेपको रुपमा रहन्छ । सो मुद्दति निक्षेपलाई बैंकहरुले घर बनाउन, व्यवसाय गर्न, विवाह गर्न, व्यक्तिगत खर्च गर्न ऋण दिँदै आएका छन् । यसलाई सरकारले बीमा क्षेत्रमा वर्षौ लगाएर तयार पारेको रकम पुनः घुमेर सर्वसाधारणको उपभोग्य बस्तु खरिदमा प्रयोग भएको निष्कर्ष निकाल्दै आगामी दिनमा उत्पादन र उत्पादकत्वसँग जोड्ने योजना अघि सार्न लागेको हो । बीमा समितिले सरकारलाई दिएको सुझावमा बीमा क्षेत्रमा जम्मा भएको ठूलो मात्राको पुँजिलाई बैंकको निक्षेपको रुपमा नहेरी दीर्घकालिन लगानीको मार्ग प्रसस्त गर्नुपर्ने सुझाव अघि सारेको थियो ।

सरकारले सोही कुरालाई अझै परिस्कृत गर्दै बीमा क्षेत्रमा थुप्रिएको रकम उपभोगका लागि खर्च गर्नबाट जोगाएर राष्ट्र निर्माणमा लगाउने योजना अघि सारेको हो । यस सम्बन्धी ठोस योजना अझै विस्तृत रुपमा बजेट समावेश हुनेछ । सरकारले अघि सारेको यस योजना सफल भएमा बीमा कम्पनीहरुले हाल दिँदै आएको दोहोरो अंकको बोनसदर तेहेरो अंकमा फड्को मार्न सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*